भेनेजुएलामा भूकम्पबाट मृत्यु संख्या १६४ पुग्यो, ९७१ जना घाइते
११ आषाढ़, २०८३, बिहिवार
- राज्य सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले उद्धार टोली परिचालनका लागि संयुक्त राष्ट्रसंघसँग समन्वय भइरहेको बताइन् । साथै, देश पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग प्रारम्भिक २० करोड अमेरिकी डलरको कोष स्थापना गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिइन् ।
काठमाडौँ: भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या कम्तीमा १६४ पुगेको छ भने ९७१ जना घाइते भएका छन्।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अपडेट दिदै उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने बताएकी हुन् । धेरै भवन भत्किएका तथा क्षतिग्रस्त भएकाले अझै कैयौं मानिस हराइरहेको अनुमान गरिएको छ ।
रोड्रिगेजका अनुसार मुख्य दुई भूकम्पपछि हालसम्म कम्तीमा ३० वटा परकम्पन महसुस गरिएको छ, जसले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ ।
राज्य सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले उद्धार टोली परिचालनका लागि संयुक्त राष्ट्रसंघसँग समन्वय भइरहेको बताइन् । साथै, देश पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग प्रारम्भिक २० करोड अमेरिकी डलरको कोष स्थापना गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिइन् । उनले उद्धार कार्यमा आवश्यक पर्ने भारी उपकरण उपलब्ध गराउन निजी क्षेत्रसँग समेत सहयोगको अपिल गरेकी छन् ।
रोड्रिगेजले नागरिकलाई शान्त रहन, एकताबद्ध हुन तथा घर सुरक्षित अवस्थामा भए त्यहीँ बस्न आग्रह गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।