भेनेजुएलामा ७.१ रेक्टर स्केलको भूकम्प, राहत-उद्धारको काम जारी
२०८३ अषाढ़ ११ विहीवार
- भूकम्पका धक्का राजधानी कराकाससहित देशका विभिन्न क्षेत्रमा महसुस गरिएको छ भने छिमेकी कोलम्बियामा पनि कम्पन अनुभव गरिएको बताइएको छ ।
काठमाण्डौ, ११ अषाढ़ । भेनेजुएलाको उत्तर-मध्य क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पका धक्का राजधानी कराकाससहित देशका विभिन्न क्षेत्रमा महसुस गरिएको छ भने छिमेकी कोलम्बियामा पनि कम्पन अनुभव गरिएको बताइएको छ ।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ७.१ मापन गरिएको छ । भूकम्पको केन्द्र मोन्टाल्बान नजिक जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा रहेको थियो । कम गहिराइमा केन्द्र भएकाले भूकम्पका धक्का निकै बलियो रूपमा महसुस भएका थिए ।
भूकम्पपछि कराकासमा त्रासको अवस्था सिर्जना भएको थियो । भवनहरू हल्लिन थालेपछि मानिसहरू घर तथा कार्यालयबाट बाहिर निस्किएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार केही भवनका भित्तामा चिरा परेका छन् भने प्रवेशद्वारमा जडान गरिएका सिसा फुटेका छन् ।
भूकम्प लगत्तै अमेरिकी सुनामी चेतावनी प्रणालीले पुएर्टो रिकोका लागि सुनामीको जोखिम सम्बन्धी चेतावनी जारी गरेको छ । साथै केही टापु क्षेत्रहरूका लागि पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
अधिकारीहरूले भेनेजुएलाको तटीय क्षेत्र नजिक रहेका अरुबा, कुरासाओ र बोनेयर टापुहरूमा समेत खतरनाक समुद्री छाल आउन सक्ने सम्भावना रहेको बताएका छन् । विपद् व्यवस्थापन तथा निगरानी निकायहरूले अवस्थाको निरन्तर अनुगमन गरिरहेका छन् ।
भूकम्पपछि पराकम्पन आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूले सतर्क रहन आग्रह गरेका छन् ।
हालसम्म मानवीय क्षति भएको कुनै जानकारी प्राप्त भएको छैन । प्रभावित क्षेत्र र भौतिक क्षतिको विवरण संकलन तथा मूल्याङ्कन गर्ने काम जारी रहेको जनाइएको छ । अहिले पनि भूकम्पपछि कैयौं परकम्पन आइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । सरकारले अहिले ५ सय भन्दा बढी आपतकालीन उद्धारकर्ताले घरमा फसेकाको उद्धार गरिरहेको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
-
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच शिष्टाचार भेट
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।