'भेनेजुएलामा छोटो समयको अन्तरालमा दुई ठूला भूकम्प आउनु सामान्य घटना होइन'
११ आषाढ़, २०८३, बिहिवार
- संस्थाका अनुसार यी दुई भूकम्पपछि पनि भूमिगत गतिविधि जारी रहेकाले आगामी केही दिनमा थप परकम्पन आउन सक्ने सम्भावना छ । तीमध्ये केही परकम्पन शक्तिशाली हुन सक्ने चेतावनी पनि दिइएको छ ।
काठमाडौँ: भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पबारे विज्ञहरूले थप सतर्कता अपनाउन आग्रह गरेका छन् । बेलायतस्थित डरहम विश्वविद्यालयका प्राध्यापक मार्क एलनले छोटो समयको अन्तरालमा यस्ता दुई ठूला भूकम्प आउनु सामान्य घटना नभएको बताएका छन् । उनका अनुसार पहिलो भूकम्पले भूमिगत भ्रंशरेखामा असर पारेको हुन सक्छ । त्यसबाट अर्को भ्रंशरेखामा दबाब बढेपछि केही समयमै दोस्रो भूकम्प आएको हुन सक्ने अनुमान गरिएको छ ।
एलनले राजधानी काराकास तथा आसपासका क्षेत्रमा अझै परकम्पन आउने जोखिम कायम रहेको चेतावनी दिएका छन् । भूकम्पपछि भूमिगत भ्रंशरेखाहरूमा दबाब बढेकाले आगामी दिनमा फेरि शक्तिशाली झट्का महसुस हुन सक्ने उनले बताएका छन् ।
भूकम्पको उच्च जोखिम रहेको क्षेत्रमा पर्ने भेनेजुएलामा क्यारिबियन भू-पटल र दक्षिण अमेरिकी भू-पटल एकअर्कासँग जोडिने भएकाले यस्ता घटना बारम्बार हुने सम्भावना रहने विज्ञहरू बताउँछन् ।
अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाका अनुसार दुवै भूकम्प यी दुई भू-पटल एकअर्कासँग ठोक्किने र सर्ने प्रक्रियाका कारण उत्पन्न भएका हुन् । सरल भाषामा भन्नुपर्दा, पृथ्वीभित्र रहेका विशाल चट्टानी तहहरू निरन्तर बिस्तारै सर्दै रहन्छन् । तर ती तह अचानक चिप्लिएर सर्दा जमिन हल्लिन्छ र भूकम्प उत्पन्न हुन्छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाले भूकम्प कुनै एक बिन्दुमा मात्र सीमित नहुने जनाएको छ । भूमिगत धेरै किलोमिटर क्षेत्रफलमा भू-पटल सर्ने भएकाले व्यापक रूपमा शक्तिशाली कम्पन महसुस हुने गरेको छ ।
संस्थाका अनुसार यी दुई भूकम्पपछि पनि भूमिगत गतिविधि जारी रहेकाले आगामी केही दिनमा थप परकम्पन आउन सक्ने सम्भावना छ । तीमध्ये केही परकम्पन शक्तिशाली हुन सक्ने चेतावनी पनि दिइएको छ ।
यसैबीच, भेनेजुएलामा आएको भूकम्पमा मृत्यु हुनेको संख्या १६४ पुगेको छ भने ९७१ जना घाइते भएका छन् । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उक्त जानकारी दिदै राहत र उद्धारको काम जारी रहेको बताएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता
-
ओलीको प्रतिवेदन पारित, आज सचिवालयपछि केन्द्रीय कमिटी बैठक बस्ने
-
आजको राशिफल: वि.सं. २०८३ असोज ८ गते विहिवार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।