नागरिकता बनाउन झुटो विवरण सिफारिस गरेको आरोपमा वडा अध्यक्ष र सदस्य पक्राउ
११ आषाढ़, २०८३, बिहिवार
- जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–५ निवासी मनुवा कुमार महतोले आफ्नी आमा अधनुनिया महतो भएको भन्दै झुटो विवरण पेश गरेका थिए । सोही विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सर्जमिन सिफारिस गरिएको आरोप छ ।
विराटनगर: नेपाली नागरिकता बनाउन झुटो विवरण सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिकाका एक वडा अध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–५ निवासी मनुवा कुमार महतोले आफ्नी आमा अधनुनिया महतो भएको भन्दै झुटो विवरण पेश गरेका थिए । सोही विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सर्जमिन सिफारिस गरिएको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कारबाहीका लागि उक्त विषय प्रहरीमा पठाएपछि अनुसन्धान सुरु गरिएको हो । यस प्रकरणमा रंगेली नगरपालिका-५ का वडा अध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र सोही वडाका वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै जनामाथि झुटो विवरणका आधारमा नागरिकता सिफारिस प्रक्रियामा संलग्न रहेको आरोप छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ असोज ८ गते विहिवार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।