राहदानी छपाई प्रकरण: पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग अख्तियारले लियो बयान
२०८३ अषाढ़ ०८ सोमवार
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ ।
काठमाण्डौ, ०८ अषाढ़ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ । गत शुक्रबार श्रेष्ठसँग आयोगको मुख्यालय टंगालमा बयान लिएको आयोग स्रोतले जानकारी दिएको हो ।
पुष्कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका श्रेष्ठसहित अख्तियारले परराष्ट्र सचिव अमृतबहादुर राई र पूर्व सचिव एवम् नेपालका लागी बेल्जियमका राजदूत सेवा लम्सालसँग पनि बयान लिएको छ । श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा लम्साल पररारष्ट्र सचिव थिइन् भने विद्युत्तिय राहदानीको टेण्डर प्रक्रिया हुँदा अहिलेका सचिव राई परराष्ट्रमै सह सचिव थिए ।
राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई तीन दिनको समय दिएर बयानका लागि बोलाएको थियो । अख्तियारले असार २ मा देउवाको बुढानिलकण्ठ स्थित घर ठेगानामा म्याद टाँस गरेको भए पनि उनी हाल विदेश रहेकाले उपस्थित भएकी छैनन् ।
राहदानी छपाई प्रकरणमा अख्तियारले हाल राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनील केसी र ठेक्का पाएको कम्पनीका नेपाल प्रतिनिधिमाथि पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्रीसँग छलफलपछि मृतक मेहताका आफन्त शव बुझ्न तयार
-
कांग्रेस विवाद बारे देउवा पक्षको पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा इजलास गठन
-
ब्रोड पिकमा ज्यान गुमाएका गुरुङको शव आज काठमाडौं आइपुग्ने
-
होटल तथा रेष्टुरेन्टमा धुम्रपान गर्ने स्थान तोक्न काठमाडौं प्रशासनको निर्देशन
-
फिफा विवादमा अध्यक्ष इन्फान्टिनोले मागे माफी
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।