इरानसँगको सम्झौताप्रति नेतान्याहू असन्तुष्ट, सहमतिलाई भने 'ट्रम्पको निर्णय’
२०८३ असार ०२ मङ्गलवार
- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संघर्ष अझै समाप्त नभएको बताएका छन् ।
काठमाण्डौ, ०२ अषाढ़ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संघर्ष अझै समाप्त नभएको बताएका छन् । उनले हालको शान्ति सम्झौतालाई ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय’ भन्दै इजरायल आफ्ना प्रतिकारात्मक कारबाही गर्ने अधिकारमा कुनै सम्झौता नगर्ने स्पष्ट गरेका छन् ।
नेतन्याहूका अनुसार यदि हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेमा इजरायलले लेबनानमा प्रतिकार गर्ने स्पष्ट गरेका हुन् ।
यसअघि नेतन्याहूले ट्रम्पलाई युद्ध सुरु गर्न मनाउन महत्वपूर्ण भूमिका खेलेका थिए र अमेरिकासँग मिलेर इरानमाथि पनि आक्रमण गराइएको दाबी गरिएको छ ।
इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन ग्वीरले पनि यो सम्झौता ट्रम्पको निर्णय भएको भन्दै इजरायल त्यसमा बाध्य नरहेको बताएका छन् । त्यस्तै रक्षामन्त्री इजरायल काट्जले दक्षिणी लेबनानबाट सेना फिर्ता नहुने स्पष्ट पारेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानले सम्झौताका सबै सर्त पालना नगरेसम्म प्रतिबन्ध खुकुलो नहुने बताएका छन् । अमेरिकाले तत्काल कुनै आर्थिक राहत नदिने पनि स्पष्ट गरेको छ ।
यता इरानका राष्ट्रपति मसूद पजशकियानले अमेरिकासँग भएको सम्झौतालाई ‘विजयको दस्तावेज’ भन्दै इजरायलको असन्तुष्टिले वार्तामा इरान बलियो अवस्थामा रहेको पुष्टि भएको दाबी गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।