इरानसँगको सम्झौताप्रति नेतान्याहू असन्तुष्ट, सहमतिलाई भने 'ट्रम्पको निर्णय’
२०८३ असार ०२ मङ्गलवार
- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संघर्ष अझै समाप्त नभएको बताएका छन् ।
काठमाण्डौ, ०२ अषाढ़ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संघर्ष अझै समाप्त नभएको बताएका छन् । उनले हालको शान्ति सम्झौतालाई ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय’ भन्दै इजरायल आफ्ना प्रतिकारात्मक कारबाही गर्ने अधिकारमा कुनै सम्झौता नगर्ने स्पष्ट गरेका छन् ।
नेतन्याहूका अनुसार यदि हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेमा इजरायलले लेबनानमा प्रतिकार गर्ने स्पष्ट गरेका हुन् ।
यसअघि नेतन्याहूले ट्रम्पलाई युद्ध सुरु गर्न मनाउन महत्वपूर्ण भूमिका खेलेका थिए र अमेरिकासँग मिलेर इरानमाथि पनि आक्रमण गराइएको दाबी गरिएको छ ।
इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन ग्वीरले पनि यो सम्झौता ट्रम्पको निर्णय भएको भन्दै इजरायल त्यसमा बाध्य नरहेको बताएका छन् । त्यस्तै रक्षामन्त्री इजरायल काट्जले दक्षिणी लेबनानबाट सेना फिर्ता नहुने स्पष्ट पारेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानले सम्झौताका सबै सर्त पालना नगरेसम्म प्रतिबन्ध खुकुलो नहुने बताएका छन् । अमेरिकाले तत्काल कुनै आर्थिक राहत नदिने पनि स्पष्ट गरेको छ ।
यता इरानका राष्ट्रपति मसूद पजशकियानले अमेरिकासँग भएको सम्झौतालाई ‘विजयको दस्तावेज’ भन्दै इजरायलको असन्तुष्टिले वार्तामा इरान बलियो अवस्थामा रहेको पुष्टि भएको दाबी गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।