ओमानको तटीय क्षेत्र भारतीय डुङ्गा दुर्घटना, सवार १४ यात्रुको सकुशल उद्धार

३१ जेठ, २०८३, आइतवार
सारांश
  • यसैबीच सोहारबाट मुम्बईतर्फ जाँदै गरेको एमभी जबल अली–९ नामक व्यापारिक जहाज पनि उद्धार अभियानमा सहभागी भएको थियो । सो जहाजले घटनास्थल नजिकै पुगेर खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याएको र सबै यात्रु सुरक्षित रहेको पुष्टि गरेको जनाइएको छ ।

काठमाडौं: ओमानको तटीय क्षेत्र नजिक समुद्रमा १४ भारतीय नागरिक सवार एक परम्परागत डुङ्गा दुर्घटनामा पर्न लागेको अवस्थामा समयमै उद्धार गरी ठूलो दुर्घटना टरेको छ ।

 

अधिकारीहरूका अनुसार ओमानको रास अल हद्दबाट करिब ८० नटिकल माइल पूर्व समुद्रमा उक्त डुङ्गा अचानक संकटमा फसेर डुब्ने अवस्थामा पुगेको थियो। सूचना पाएलगत्तै अमेरिकी नौसेना, भारतीय नौसेना र नजिकै रहेको एक व्यापारिक जहाजले संयुक्त रूपमा उद्धार अभियान सुरु गरेका थिए ।

 

उद्धार क्रममा अमेरिकी नौसेनाको पी–८ समुद्री निगरानी विमान तत्काल घटनास्थलमा पुगेर समुद्रमा लाइफ राफ्ट खसाल्दै उद्धार प्रक्रियामा सहयोग गरेको थियो । डुङ्गामा सवार सबै १४ जना भारतीय नागरिक सुरक्षित रूपमा लाइफ राफ्टमा पुगेका थिए ।

 

यसैबीच सोहारबाट मुम्बईतर्फ जाँदै गरेको एमभी जबल अली–९ नामक व्यापारिक जहाज पनि उद्धार अभियानमा सहभागी भएको थियो । सो जहाजले घटनास्थल नजिकै पुगेर खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याएको र सबै यात्रु सुरक्षित रहेको पुष्टि गरेको जनाइएको छ ।

 

अमेरिकी र भारतीय नौसेनाले आवश्यक परे थप सहायता उपलब्ध गराउन अन्य जहाजहरू पनि घटनास्थलतर्फ पठाएका थिए ।

 

ओमान र होर्मुज जलडमरूमध्य वरपरको समुद्री क्षेत्र पछिल्ला समय सुरक्षा दृष्टिले संवेदनशील बन्दै गएको अवस्थामा भएको यो सफल उद्धारले ठूलो सम्भावित मानवीय क्षति टरेको अधिकारीहरूले बताएका छन् । अहिले सम्बन्धित निकायहरूले घटनाबारे थप निगरानी गरिरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार