- सुरक्षित रगत र रक्ततत्वको आवश्यकता प्रति सचेतना जगाउन र जीवन रक्षक रगत उपहार दिएकोमा रक्तदाताहरुलाई धन्यवाद दिन हरेक वर्ष जुन १४ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
काठमाण्डौ, ३१ जेठ । आज विश्व रक्तदाता दिवस । आज विश्वभर 'मानवताको एक थोपा, रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस्' भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
सुरक्षित रगत र रक्ततत्वको आवश्यकता प्रति सचेतना जगाउन र जीवन रक्षक रगत उपहार दिएकोमा रक्तदाताहरुलाई धन्यवाद दिन हरेक वर्ष जुन १४ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
नेपालमा दैनिक ५ सय युनिट होल ब्लड र १ सय युनिट रक्ततत्व आवश्यक पर्ने भएपनि नियमीत रक्तदान कार्यक्रम नहुँदा माग र आपूर्तिमा सन्तुलन आउन सकेको छैन ।
नेपालमा १ हजार जनामा ४ जनाले मात्रै रक्तदान गर्ने गरेको आँकडा छ । नेपालमा पुरुष रक्तदाता ८६. १ र महिला १३. ९ प्रतिशत रहेका एक तथ्यांकले देखाएको छ । पछिल्लो समय रक्तदान गर्नेको संख्या बढेपनि केन्द्रिय रक्तसन्चार केन्द्रले सहयोग र समन्वय नगरेको स्वयंसेवी रक्तदाताले गुनासो गरेका छन् ।
रक्तदान गर्नुपर्छ भन्ने सचेतना बढ्दै गएपनि रगतको सहज आपूर्ति हुन नसकेको, रगत किनबेच हुने गरेको र भनसुनको भरमा रगत पाउनुपर्ने अवस्थाको अन्त्य हुन नसकेको गुनासो छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।