दिल्लीमा परराष्ट्रमन्त्रीको पत्रकार सम्मेलन- सीमा विवादमा इङल्याण्डको मध्यस्थता खोजेका होइनौं

२०८३ जेठ २४ आईतवार
सारांश
  • सीमा विवाद वार्ता र कुटनीतिक माध्यमबाट नै समाधान गर्न चाहेको स्पष्ट गरेका छन् ।

काठमाडौँ: भारत भ्रमण सकेर नेपाल फर्किनु अघि परराष्ट्रमन्त्री शिशिर खनालले दिल्लीस्थित नेपाली दूतावासमा पत्रकार सम्मेलन गरेका छन् ।

सो अवसरमा मन्त्री खनालले पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदै नेपाल-भारत सीमा विवादमा इङल्यान्डको मध्यस्थता नखोजेको स्पष्ट गरेका छन् ।

 

उनले नेपाल भारतको सीमा विवाद ऐतिहासिक रुपमा जोडिएकोले बेलायतमा रहेका प्रमाण आवश्यक पर्नसक्ने आशयमा प्रधानमन्त्रीले इङल्याण्डको उल्लेख गरेको बताउदै आफुहरुले मध्यस्थताको कुरा नगरेको बताएका छन् ।

 

पत्रकारसँगको कुराकानीमा उनले आफुहरुले दुई पक्षीय हितको विषय अगाडी बढाउन चाहेको बताउदै सीमा विवाद वार्ता र कुटनीतिक माध्यमबाट नै समाधान गर्न चाहेको स्पष्ट गरेका छन् । 

 

शुक्रबार भारत भ्रमणमा दिल्ली पुहेका मन्त्री खनालले शनिबार विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस्तै उनले शुक्रबार भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग समेत भेटवार्ता गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार