सुदन गुरुङ भन्छन्- सफाइ पाउनेमा आशावादी छु

२०८३ जेठ २४ आईतवार
सारांश
  • बयानका क्रममा केही प्रश्न निकै कडा थिए, तर मैले सबैको सहज र स्पष्ट जवाफ दिएको छु ।’

काठमाडौं: पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले आफुले सफाई पाउनेमा विस्वस्त रहेको बताएका छन् ।

 

गोरखामा आयोजित पार्टीको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको छानबिन सहज बनाउन आफूले पदबाट राजीनामा दिएको बताउदै आफुले सफाई पाउने विश्वास वयक्त गरेका हुन् ।

 

उनले भने- 'सार्वजनिक पदमा बसेर काम गर्दा उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भन्ने सोचका साथ छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा केही प्रश्न निकै कडा थिए, तर मैले सबैको सहज र स्पष्ट जवाफ दिएको छु ।’

 

उनले सम्भावित रूपमा फेरि गृह मन्त्रालयको जिम्मेवारी पाउने आशा पनि व्यक्त गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार