दिल्लीमा परराष्ट्रमन्त्रीको पत्रकार सम्मेलन- सीमा विवादमा इङल्याण्डको मध्यस्थता खोजेका होइनौं
२०८३ जेठ २४ आईतवार
- सीमा विवाद वार्ता र कुटनीतिक माध्यमबाट नै समाधान गर्न चाहेको स्पष्ट गरेका छन् ।
काठमाडौँ: भारत भ्रमण सकेर नेपाल फर्किनु अघि परराष्ट्रमन्त्री शिशिर खनालले दिल्लीस्थित नेपाली दूतावासमा पत्रकार सम्मेलन गरेका छन् ।
सो अवसरमा मन्त्री खनालले पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदै नेपाल-भारत सीमा विवादमा इङल्यान्डको मध्यस्थता नखोजेको स्पष्ट गरेका छन् ।
उनले नेपाल भारतको सीमा विवाद ऐतिहासिक रुपमा जोडिएकोले बेलायतमा रहेका प्रमाण आवश्यक पर्नसक्ने आशयमा प्रधानमन्त्रीले इङल्याण्डको उल्लेख गरेको बताउदै आफुहरुले मध्यस्थताको कुरा नगरेको बताएका छन् ।
पत्रकारसँगको कुराकानीमा उनले आफुहरुले दुई पक्षीय हितको विषय अगाडी बढाउन चाहेको बताउदै सीमा विवाद वार्ता र कुटनीतिक माध्यमबाट नै समाधान गर्न चाहेको स्पष्ट गरेका छन् ।
शुक्रबार भारत भ्रमणमा दिल्ली पुहेका मन्त्री खनालले शनिबार विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस्तै उनले शुक्रबार भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग समेत भेटवार्ता गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १७३ जना घाइते
-
बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त
-
क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’