बीवाइडी गाडीको राजस्व छली प्रकरण: रसुवागढीका भन्सार प्रमुखसहित ९ कर्मचारी जिम्मेवारीमुक्त
२०८३ जेठ २३ शनिवार
- मन्त्रालयका जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाका अनुसार यस प्रकरणमा अर्थ मन्त्रालय, भन्सार विभाग र सुरक्षा निकाय सम्मिलित टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको छ।
बीवाइडी कम्पनीका विद्युतीय सवारी साधनको आयातमा राजस्व छली भएको आशंकामा छानबिन अघि बढेसँगै अर्थ मन्त्रालयले रसुवागढी भन्सारका प्रमुख तुलसीप्रसाद भट्टराईसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरेको छ। भन्सार यार्डमा गाडी नआईकन चीनतर्फ नै पुगेर कागजी जाँचपास गराएको सूचना बाहिरिएपछि उनीहरूलाई भन्सार विभाग तानिएको हो।
मन्त्रालयका जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाका अनुसार यस प्रकरणमा अर्थ मन्त्रालय, भन्सार विभाग र सुरक्षा निकाय सम्मिलित टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोषी देखिएका जो-कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता जनाउनुभएको छ। सशस्त्र प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७ सय ७९ वटा बीवाइडी गाडीका सम्बन्धमा विस्तृत अध्ययन गर्न सरकारले उच्चस्तरीय छानबिन समितिसमेत गठन गरेको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार समितिले स्थलगत रूपमै पुगेर कागजातहरूको प्रमाणीकरण र सुक्ष्म अध्ययन सुरु गरिसकेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राहदानी विभागका सेवा भदौ २२ र २३ गते नियमित सञ्चालन हुने
-
एमाले अध्यक्ष ओली नुवाकोटमा
-
जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य जारी बारे नेपाली सेनाले के भन्यो ?
-
पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो, उच्च सतर्कता अपनाउन आग्रह
-
गृहमन्त्री गुरुङ भन्छन्- म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुहोस्
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।