सुरुङभित्र हामी हरेकृष्ण महामन्त्रको जप गरिरहेका थियौँ: सञ्जय साह
१९ भाद्र, २०८३, शुक्रवार
- उद्धारपछि उनले टनेलभित्र ४-५ जनामात्रै आफ्नो सम्पर्कमा रहेको बताएका छन् । तर, पावर हाउसभित्र अरु व्यक्तिहरु थुनिएको हुन सक्ने उनको आशंका छ ।
काठमाडौं" रसुवामा बाढी आएको १० दिनपछि त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवित उद्धार गरिए सञ्जय साह । उनी कन्ट्रोल रुममा अपरेटरको काम गर्थे ।
उद्धारपछि उनले टनेलभित्र ४-५ जनामात्रै आफ्नो सम्पर्कमा रहेको बताएका छन् । तर, पावर हाउसभित्र अरु व्यक्तिहरु थुनिएको हुन सक्ने उनको आशंका छ ।
अस्पताल लैजाने क्रममा नेपाली सेनाले उनीसँग त्यहाँको वस्तुस्थितिबारे संक्षिप्त कुराकानी गरेको थिए । त्यस क्रममा साहले घटनापछि आफूले सुरुङभित्र रहेकाहरुलाई भगाएको तर आफू भाग्न नभ्याएको बताए ।
उनको बयान यस्तो छ:
मेरो नाम सञ्जय साह । म कन्ट्रोल रुममा अपरेटर काम गर्छु । अरू बेला त भित्र ४-५-६ जना मात्रै हुन्थ्यौं, त्यतिबेला चिहँ ४०-४५ जना नै थियौँ ।
म कन्ट्रोल रूममा भएकाले मेरो सबैको ज्यान बचाउनु मेरो जिम्मवारी थियो । त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो । मैले सबैलाई भनेँ- ठूलो एक्सिडेन्ट भयो ड्याममा । अनि सबैलाई भाग्न लगाएँ बाहिर । त्यसो गर्दाखेरि मेरो टाइम गयो र लास्टमा म निस्किनै पाइनँ । अनि म फसेँ ।
४०-५० जना काम गरेकालाई भगाइयो । हाम्रो सम्पर्कमा रहेका र साथीहरुसँग कुरा भएका ३-४ जना मात्रै थियौँ, नजिक छेउछाउ कुरा गर्ने, हल्ला गर्ने । भित्रपट्टि पावर हाउसमा पनि मान्छेहरु हुन सक्छ होला । सबै भाग्न नसकेको होला । टनेल लामो छ । टनेलमा भए पनि त्यहाँ पानी फोर्सले भित्र लगिसक्या होला ।
सेनाका अधिकारीले उनलाई ९ दिनपछि बाहिर निस्किनु भनेको दोस्रो जीवन पाउनुजस्तै हो भन्दै बधाइ दिए । त्यसपछि साहले सोधे- आज कति… १९ गते हो ?
‘हो, १० गते छिरेको तपाईं’ भन्ने जवाफपछि उनले भने, ‘१० गते १० बजे एक्सिडेन्ट भा’थ्यो । हामी टाइम नोट गर्छौँ कन्ट्रोल रूममा । हामी महामन्त्र ईश्वर जप गर्दै थियौँ भित्र…। हरे कृष्ण… ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।