- इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच आज बहुप्रतीक्षित फाइनल प्रतिस्पर्धा हुँदैछ ।
काठमाण्डौ, १७ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच आज बहुप्रतीक्षित फाइनल प्रतिस्पर्धा हुँदैछ । दुवै टोली दोस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछन् ।
समूह चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएका दुवै टोलीमध्ये गुजरात र बेंगलुरु पहिलो क्वालिफायर्समा आमनेसामने भएका थिए । उक्त खेलमा बेंगलुरुले एकपक्षीय जित निकालेको थियो । तर उपाधि भिडन्तमा परिस्थिति फरक रहने अपेक्षा गरिएको छ । गुजरातको घरेलु मैदानमा हुने फाइनल खेलमा दुवै टोलीमाथि जितको दबाब रहनेछ ।यसपटकको उपाधि भिडन्तमा दुई फरक खेल शैलीबीच प्रतिस्पर्धा हुनेछ । बेंगलुरुले आक्रामक र निडर खेलमार्फत प्रतियोगितामा प्रभुत्व जमाएको छ भने गुजरातले संयमित र धैर्यपूर्ण प्रदर्शनका आधारमा पाँच वर्षमा तेस्रो पटक उपाधि भिडन्तमा स्थान बनाएको हो । बेंगलुरु बलियो दाबेदार देखिए पनि गुजरातलाई कमजोर आँक्न सकिने अवस्था छैन ।
बेंगलुरुको सफलतामा विराट कोहलीको भूमिका महत्वपूर्ण रहँदै आएको छ । सुरुआती खेलहरूमा फिल साल्टसँग उनको साझेदारी प्रभावशाली थियो । तर साल्ट घाइते भएपछि वेंकटेश अय्यरले टोलीलाई मजबुत सुरुआत दिलाउँदै आएका छन् । अन्तिम प्रतिस्पर्धामा साल्ट उपलब्ध हुने वा नहुने विषय पनि चासोको केन्द्र बनेको छ ।
गुजरातका लागि शीर्षक्रमका ब्याटरहरू मुख्य आधार हुन् । शुभमन गिल र साई सुदर्शनको जोडीले यस सिजन उत्कृष्ट प्रदर्शन गरेको छ । दुवैले छनोट चरणमा कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी गरेका छन् । उनीहरूको निरन्तर प्रदर्शनले गुजरातलाई उपाधिनजिक पुर्याएको छ । जोस बटलर पनि कुनै पनि बेला खेलको दिशा बदल्न सक्ने क्षमता भएका ब्याटर मानिन्छन् ।
बलिङतर्फ बेंगलुरुका भुवनेश्वर कुमार र जोश हेजलउडले नयाँ बलबाट लगातार प्रभाव छाडेका छन् । उनीहरूले सुरुआती ओभरमै विपक्षीलाई दबाबमा पार्ने क्षमता देखाएका छन् । गुजरातका प्रमुख ब्याटरहरूलाई रोक्न उनीहरूको भूमिका निर्णायक बन्न सक्छ ।
यता गुजरातले पनि आफ्ना तीव्र गतिका बलरहरूबाट ठूलो अपेक्षा राखेको छ । कागिसो रबाडा, प्रसिद्ध कृष्णा र मोहम्मद सिराजको उत्कृष्ट प्रदर्शन गर्न सके बेंगलुरुको आक्रामक ब्याटिङलाई नियन्त्रण गर्न सक्ने विश्वास गरिएको छ । साथै राहुल तेवतियालाई सुरुआती टोलीमै समावेश गरेर ब्याटिङलाई थप बलियो बनाउने सम्भावना पनि छ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले यस वर्षको उपाधि भिडन्त अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। क्रिकेट समर्थकहरू एक अविस्मरणीय प्रतिस्पर्धाको प्रतीक्षामा छन् ।
फाइनलको सम्भावित टोली:
बेंगलुरु: रजत पाटीदार (कप्तान), वेंकटेश अय्यर, विराट कोहली, देवदत्त पडिक्कल, जितेश शर्मा, टिम डेभिड, क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, ज्याकब डफी, जोश हेजलउड र रासिख सलाम डार ।
गुजरात: शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, निशान्त सिन्धु, वासिङ्टन सुन्दर, जेसन होल्डर, राहुल तेवतिया, राशिद खान, प्रसिद्ध कृष्णा, कागिसो रबाडा र मोहम्मद सिराज ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।