एशियन गेम्स क्वालिफायर्स: नेपाली महिला टिम मलेसियासँग पराजित
१६ जेठ, २०८३, शनिवार
- नेपालले दिएको १२७ रनको लक्ष्य पछाएको मलेसियाले १८.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो ।
काठमाडौँ: नेपाल महिला क्रिकेटतर्फ एशियन गेम्स क्वालिफायर्सको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ ।
शनिबार भएको सेमिफाइनलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १२७ रनको लक्ष्य पछाएको मलेसियाले १८.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो ।
यो जितपछि फाइनलमा पुगेको मलेसिया महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट भएको छ । त्यस्तै नेपाल भने पराजित भएपछि अब तेस्रो स्थानका लागि चीनसँग खेल्ने छ । अब तेस्रो स्थानको खेल आइतबार हुने छ । त्यसैगरी फाइनलमा मलेसिया र थाइल्याण्ड आइतबार खेल्ने छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’