- प्रहरीका अनुसार स्टर्लिङमाथि लागूऔषध सेवनपछि सवारी चलाएको, खतरनाक ढंगले सवारी चलाएको, निषेधित लागूऔषध राखेको तथा परीक्षणका लागि नमुना दिन अस्वीकार गरेको आरोपमा अनुसन्धान भइरहेको बताएको ब्रिटिश मिडियाहरुले उल्लेख गरेका छन् ।
काठमाडौँ: इङल्याण्डका पूर्व अन्तर्राष्ट्रिय फुटबलर रहीम स्टर्लिङ लागूऔषध सेवन गरेर सवारी चलाएको आशंकामा पक्राउ परेका छन् ।
३१ वर्षीय स्टर्लिङ आफ्नै लाम्बोर्गिनी कार दुर्घटनामा परेपछि पक्राउ गरिएको बताइएको छ । दक्षिणतर्फ जाने एम–३ मोटरमार्गमा मिन्ली इन्टरचेन्ज नजिक उनको कार सडकको सुरक्षात्मक बारमा ठोक्किएको थियो । दुर्घटनामा अन्य कुनै सवारीसाधन संलग्न नभएको र मानवीय क्षति पनि नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्टर्लिङमाथि लागूऔषध सेवनपछि सवारी चलाएको, खतरनाक ढंगले सवारी चलाएको, निषेधित लागूऔषध राखेको तथा परीक्षणका लागि नमुना दिन अस्वीकार गरेको आरोपमा अनुसन्धान भइरहेको बताएको ब्रिटिश मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई धरौटीमा रिहा गरिएको भएपनि घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।
एक समय म्यानचेस्टर सिटीका प्रमुख खेलाडीमध्ये रहेका स्टर्लिङ पछिल्ला वर्षहरूमा भने कठिन समयबाट गुज्रिरहेका छन् । चेल्सी र आर्सनलमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि उनले हालै फेयनूर्डबाट छोटो अवधिको सम्झौतामा खेलेका थिए । धरौटीमा रिहा भएका स्टर्लिङ अहिले प्रहरी अनुसन्धानको नतिजा र आफ्नो फुटबल भविष्य दुवैको प्रतीक्षामा रहेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।