पोखराको फिर्केखोला आसपासमा चल्यो डोजर

१० जेठ, २०८३, आइतवार
सारांश
  • पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार फिर्केखोलाको दायाँ–बायाँ धेरै स्थानमा उत्तर–दक्षिण सडक रहेकाले मोटरेबल करिडोरभन्दा फुट ट्रेल, साइकल लेन, बिहान र साँझ हिँड्ने पैदल मार्ग तथा आकर्षक घुमफिर स्थलका रूपमा विकास गर्नु उपयुक्त हुने विज्ञहरूको सुझावपछि यस्तो निर्णय गरिएको हो ।

पोखरा: पोखराको मध्य भाग भएर बग्ने फिर्केखोलाको खोलाघर क्षेत्रमा डोजर चलेको छ ।

 

खोलाघरको सीमाभित्र परेका अस्थायी तथा स्थायी सबै संरचना हटाउन आजदेखि शुरु गरिएको छ । 

 

२०८० साल आषाढमा गरिएको प्राविधिक नापजाँचपछि गाडिएका खम्बाका आधारमा सीमांकन गरिएको क्षेत्रभित्र बनेका सबै प्रकारका संरचना हटाइने महानगरले जनाएको छ । महानगरले फिर्केखोलाको संरक्षण, विकास र सौन्दर्यकरणलाई ध्यानमा राख्दै यो अभियानमा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ । सरोकारवाला निकाय, नागरिक समाज, राजनीतिक दल, सामाजिक संघसंस्था, टोल विकास समिति, आमा समूह, युवा क्लब, सुरक्षा निकायलगायत सम्पूर्ण नगरवासीलाई सहयोगका लागि पोखरा महानगरपालिकाले हार्दिक अपिल गरेको छ ।

 

पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार फिर्केखोलाको दायाँ–बायाँ धेरै स्थानमा उत्तर–दक्षिण सडक रहेकाले मोटरेबल करिडोरभन्दा फुट ट्रेल, साइकल लेन, बिहान र साँझ हिँड्ने पैदल मार्ग तथा आकर्षक घुमफिर स्थलका रूपमा विकास गर्नु उपयुक्त हुने विज्ञहरूको सुझावपछि यस्तो निर्णय गरिएको हो ।

 

उनका अनुसार लामो छलफलपछि खोलाघरको १० मिटर मापदण्ड घटाएर ६ मिटर कायम गरिएको छ । अब फिर्केखोलालाई प्राकृतिक रूपमा बग्न दिने र त्यसलाई व्यवस्थित रूपमा संरक्षण गर्ने अभियानमा सबै पक्षको साथ रहने अपेक्षा महानगरले गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार