प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री जयशंकरको भेटवार्ता

६ मार्ग, २०८३
सारांश
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार नै नयाँ दिल्ली पुगेका हुन् ।

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् ।

 

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ । 

 

उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार नै नयाँ दिल्ली पुगेका हुन् ।

 

उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपालका राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतका राजदूत महामहिम सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरलगायतले स्वागत गरेका थिए ।

 

प्रधानमन्त्री शाहको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितसँगको उच्चस्तरीय भेटवार्ता भने सोमबार हुने तालिका छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार