पशुपति क्षेत्रबाट पहिलो दिन ३६ सहयोगापेक्षीको उद्धार, २८ जना महानगरको होल्डिङ सेन्टरमा
२०८३ वैशाख २३ बुधवार
- काठमाण्डौको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
काठमाण्डौ, २३ वैशाख । काठमाण्डौको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
काठमाण्डौ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त रुपमा वडा नम्बर ८ तिलगंगामा सञ्चालन गरिएको सेन्टरमा पहिलो दिन मंगलबार २८ जनालाई राखिएको छ । यस दिन विहान ३६ जनालाई उद्धार गरिएको थियो । उनीहरुमध्ये सेन्टरमा पुगेपछि पर्खाल नाघेर ६ जना भागेको महानगरले जानकारी दिएको छ ।
मङ्गलवार नै काठमाण्डौ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिएकी थिइन् । उद्धार गरिएकाहरुसँग कुरा गर्दै डंगोलले पारिवारिक अवस्था, सडकमा आउनु परेको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षा लगायत विषयमा जानकारी लिएकी थिइन् । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले, विरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।
कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले, सेन्टरको पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन कोषले काम गर्ने बताए । उद्धार गरिएकामध्ये ४ जनामा मानसिक समस्या छ । १ जना ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ । उद्धारबाट व्हिलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका उपत्यका इञ्चार्ज कृष्ण पौडेलले जानकारी दिए ।
उद्धार गरिएकामध्ये ६ जना महिला र बाँकी सबै पुरुष रहेको र उमेरका हिसाबले सबैभन्दा पाको उमेरको व्यक्ति ७८ वर्षको र सबैभन्दा कान्छो २५ वर्षको व्यक्तिका रहेको महानगरले जानकारी दिएका छन् । त्यस्तै उद्धार गरिएका सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोराङ., बारा, महोत्तरी, खोटाङ्, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच शिक्षण अस्पतालमा वार्ता सुरु
-
मानव सेवा आश्रमलाई बालबालिकाको तस्वीर तथा भिडियो प्रकाशन नगर्न परिषद्को निर्देशन
-
मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध
-
पोखराका सडक र घर नम्बर अब डिजिटल प्रणालीमार्फत व्यवस्थापन गरिने
-
हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।