स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
१६ कार्तिक, २०८३
- इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
काठमाडौं : इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
डा. केसी दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई आज काठमाडौं ल्याइएको हो ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा. केसीले गत बिहीबार साँझदेखि इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए । उनी इलामको प्रसिद्ध तीर्थस्थल नारायणस्थान मन्दिर परिसरमा अनशन बसेका थिए ।
डा. केसीले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति तथा निर्णय प्रक्रियामाथि निष्पक्ष छानबिन गर्नुपर्ने र सम्भावित स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्ने उनको माग छ ।
उनले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने मागसमेत अघि सारेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्यायाधीशमाथि महाभियोगका विषयमा कानूनमन्त्रीसहित ५ रास्वपा सांसदसँग रविको परामर्श
-
काठमाडौँ गोर्खाजले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै
-
पत्रकारमाथि धरपकडको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसको माग
-
इनाम सापकोटा प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘शक्तिका बिचौलियाहरू काठमाडौं मात्र होइन, वासिङ्टनसम्म छन्; नियन्त्रणका लागि जरैदेखि हिर्काउने रणनीति चाहिन्छ, स्टन्टबाजी होइन’
-
स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।