गाजा द्वन्दमा २०२३ देखि ७२ हजारभन्दा बढीको मृत्यु

१७ बैसाख, २०८३, बिहिवार
सारांश
  • गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा कम्तीमा २ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौँ: सन् २०२३ अक्टोबरदेखि जारी द्वन्द्वमा हालसम्म ७२ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा कम्तीमा २ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

 

मन्त्रालयले सन् २०२५ अक्टोबरमा युद्धविराम घोषणा भएपछि हालसम्म ८२४ जनाको मृत्यु भएको र २ हजार ३१६ जना घाइते भएको जनाएको छ ।

 

यसैगरी, सन् २०२३ अक्टोबरदेखि सुरु भएको यो सम्पूर्ण द्वन्द्वमा हालसम्म ७२ हजार ६०१ जनाको मृत्यु भएको छ भने १ लाख ७२ हजार ४१९ जना घाइते भएका छन्।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार