राइफल बोकेको तस्वीर शेयर गर्दै ट्रम्पले इरानलाई दिए यस्तो चेतावनी
१६ बैसाख, २०८३, बुधवार
- यता इरानले भने लामो युद्ध लड्न पर्याप्त हतियार मौज्दात रहेको दाबी गरेको छ । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका उपप्रमुख अलाउद्दीन बोरुजेर्दीले देशसँग यति धेरै क्षेप्यास्त्र र ड्रोन रहेको बताउदै धेरै वर्षसम्म युद्ध जारी राख्न सक्ने बताएका छन् ।
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा राइफलसहितको आफ्नो तस्बिर सार्वजनिक गर्दै ‘अब नरम व्यवहार हुँदैन’ भन्ने सन्देश दिएका हुन् ।
उनले वार्ताको गति निकै सुस्त भएको भन्दै इरानले आफूलाई सम्हाल्न नसकेको टिप्पणी गरेका छन् ।
यता इरानले भने लामो युद्ध लड्न पर्याप्त हतियार मौज्दात रहेको दाबी गरेको छ । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका उपप्रमुख अलाउद्दीन बोरुजेर्दीले देशसँग यति धेरै क्षेप्यास्त्र र ड्रोन रहेको बताउदै धेरै वर्षसम्म युद्ध जारी राख्न सक्ने बताएका छन् । उनले ट्रम्पको धम्कीलाई खोक्रो भन्दै इरान कुनै हालतमा पछि नहट्ने र संघर्ष जारी रहने बताएका छन् । बोरुजेर्दीले अमेरिकी समुद्री नाकाबन्दी प्रभावकारी नभएको र त्यसलाई अन्तर्राष्ट्रिय समर्थन पनि नपाएको दाबी गरे । उनले होर्मुज जलडमरूमाथि इरानको नियन्त्रण कायम रहने र त्यसलाई कहिल्यै नछोडिने बताएका छन् ।
यसैबीच पाकिस्तान फेरि अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयासमा जुटेको छ । रिपोर्टअनुसार इस्लामाबादमा चाँडै दुवै देशबीच नयाँ शान्ति वार्ता हुन सक्ने सम्भावना छ । इरानले नयाँ प्रस्ताव तयार गरिरहेको बताइएको छ, जसलाई पाकिस्तानमार्फत अमेरिकासम्म पुर्याइनेछ। प्रारम्भिक चरणमा होर्मुज जलडमरू खोल्ने र इरानका रोकिएका सम्पत्ति फुकुवा गर्ने विषयमा ध्यान केन्द्रित हुने बताइएको छ । यदि अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी केही खुकुलो बनायो भने इरानले पनि यो महत्वपूर्ण समुद्री मार्ग खुला गर्न सक्ने जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।