अनधिकृत रुपमा ठेक्का प्राप्त प्रकरण: आशिष निर्माणका सञ्चालक पक्राउ
१६ बैसाख, २०८३, बुधवार
- नेपल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार ई-गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरिएको उजुरीपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
काठमाडौँ: सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ऋषिकेश गौली पक्राउ परेका छन्।
नेपल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार ई-गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरिएको उजुरीपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
उक्त प्रकरणमा संलग्न रहेको आरोपमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक चितवन रत्ननगर नगरपालिका–१२ स्थायी घर भएका तथा हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्दै आएका ७० वर्षीय ऋषिकेश गौलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हाल यो मुद्दा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत अनुसन्धानको दायरामा ल्याइएको छ।
यस प्रकरणमा हालसम्म १० जना निर्माण व्यवसायीसहित कुल १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनीमा अब मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय कायम
-
नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य
-
आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
-
आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
-
दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।