जिल्ला प्रशासन काठमाडौँले भन्यो- आज साँझ ७ बजेभित्र नदी किनारका घरटहरा खालि गर्नु
११ बैसाख, २०८३, शुक्रवार
- कार्यालयले सूचना जारी गर्दै वर्षौंदेखि अनधिकृत रूपमा सार्वजनिक आवागमन, शहरी पूर्वाधार निर्माण तथा नदीको बहावमा असर पुग्ने गरी बनाइएका घरटहरामा बसोबास गर्ने, भाडामा बस्ने तथा पसल व्यवसाय सञ्चालन गर्ने सबैलाई तत्काल स्थान खाली गर्न आग्रह गरेको हो।
काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अवैध रूपमा बसोबास गर्दै आएका घरटहरा वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गर्न निर्देशन दिएको छ।
कार्यालयले सूचना जारी गर्दै वर्षौंदेखि अनधिकृत रूपमा सार्वजनिक आवागमन, शहरी पूर्वाधार निर्माण तथा नदीको बहावमा असर पुग्ने गरी बनाइएका घरटहरामा बसोबास गर्ने, भाडामा बस्ने तथा पसल व्यवसाय सञ्चालन गर्ने सबैलाई तत्काल स्थान खाली गर्न आग्रह गरेको हो।
सूचनाअनुसार आफैं सार्न नसक्ने अवस्थामा महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्न सकिनेछ। सुरक्षाकर्मीले आवश्यक ढुवानीको व्यवस्था मिलाउने जनाइएको छ।
घरटहरामा रहेका निजी सरसामान, लत्ताकपडा तथा घरपालुवा पशुपन्छी सुरक्षित स्थानमा तत्काल सार्न पनि प्रशासनले आग्रह गरेको छ ।
अपाङ्गता भएका व्यक्ति, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा तथा बिरामीलाई प्राथमिकतामा राखेर अन्यत्र सार्नुपर्ने उल्लेख गर्दै यसका लागि सुरक्षाकर्मीको सहयोग लिन सकिने बताइएको छ ।
प्रशासनका अनुसार वैशाख १२ गते बिहान ६ बजेदेखि घरटहरा भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने काम सुरु हुनेछ । यस क्रममा कसैले बाधा अवरोध सिर्जना गरेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ । उक्त स्थानबाट हटाइएका व्यक्ति तथा परिवारलाई सरकारले तोकेका आधारभूत न्यूनतम सुविधा भएका बसोबास स्थलमा राखिने प्रशासनले जनाएको छ ।
सुरक्षित बसोबासको व्यवस्था भएपछि सम्बन्धित मन्त्रालय तथा अधिकारप्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीको लगत संकलन र परीक्षण प्रक्रिया तत्काल सुरु गरिनेछ । आगामी १० देखि १५ दिनभित्र पहिचान भएका वास्तविक भूमिहीनलाई उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।
सूचनालाई अटेर गरी बसेमा संयुक्त रूपमा हुने कारबाहीबाट भत्काइने संरचना र व्यक्तिगत सम्पत्तिको क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले लिनुपर्ने प्रशासनले स्पष्ट गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।