चिलिमेको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका, उद्धार कार्य जारी

२१ भाद्र, २०८३, आइतवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङ भित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको जानकारी दिएका छन् ।

काठमाडौं: रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युतको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका गरिएको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङ भित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको जानकारी दिएका छन् । 

 

उनले उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जान लागेको बताएका छन् ।

 

हाल चिलिमे जलविद्युतको सुरुङमा नेपाली सेना र भारतीय सेनाको संयुक्त उद्धार टोलीले सुरुङ भित्रको लेदो हटाउने काम गरिरहेको छ । अहिलेसम्म २५० मिटर लामो सुरुङमध्ये आधाभन्दा बढि भागको लेदो हटाएर खोलिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार