चिलिमेको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका, उद्धार कार्य जारी
२१ भाद्र, २०८३, आइतवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङ भित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको जानकारी दिएका छन् ।
काठमाडौं: रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युतको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङ भित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको जानकारी दिएका छन् ।
उनले उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जान लागेको बताएका छन् ।
हाल चिलिमे जलविद्युतको सुरुङमा नेपाली सेना र भारतीय सेनाको संयुक्त उद्धार टोलीले सुरुङ भित्रको लेदो हटाउने काम गरिरहेको छ । अहिलेसम्म २५० मिटर लामो सुरुङमध्ये आधाभन्दा बढि भागको लेदो हटाएर खोलिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’