यी नदीमा आज आकस्मिक बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

२०८३ भाद्र २१ आइतवार
सारांश
  • महाशाखाले बिहानको मापनअनुसार भोटेकोशी र त्रिशूली नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि बढ्दो क्रममा रहेको जनाएको छ । कोशी, नारायणी, कर्णाली, महाकाली र तिनका सहायक नदीसँगै कन्काई, कमला, बागमती, पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल रहेको छ ।

काठमाण्डौ, २१ भाद्र । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्ने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार विशेषगरी रसुवा र नुवाकोट भएर बहने भोटेकोशी, त्रिशूली तथा आसपासका साना नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ ।

 

महाशाखाले बिहानको मापनअनुसार भोटेकोशी र त्रिशूली नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि बढ्दो क्रममा रहेको जनाएको छ । कोशी, नारायणी, कर्णाली, महाकाली र तिनका सहायक नदीसँगै कन्काई, कमला, बागमती, पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल रहेको छ ।

 

आज दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यका, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दाङ, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लाका साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

 

तीन दिनको पूर्वानुमानमा अधिकांश नदीको बहाव उल्लेख्य बढ्ने देखिएको छ । विशेषगरी रसुवा र नुवाकोट भएर बहने भोटेकोशी तथा त्रिशूली नदी र आसपासका साना नदीमा पानीको बहाव उल्लेख्य बढेर आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तथा खोलाको आसपासका बस्ती, सडक र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार