- नेपाली कांग्रेसद्वारा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले छिट्टै नयाँ समीकरणतर्फ जाने संकेत गरेका हुन् ।
विराटनगर: गगन कुमार थापाले कोशी प्रदेशमा केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुन सक्ने संकेत दिएका छन् ।
नेपाली कांग्रेसद्वारा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले छिट्टै नयाँ समीकरणतर्फ जाने संकेत गरेका हुन् ।
थापाले प्रदेश र स्थानीय तहमा कांग्रेसको बलियो उपस्थिति रहेको उल्लेख गर्दै जनताका अपेक्षा पूरा गर्न नेतृत्व परिवर्तन आवश्यक हुन सक्ने धारणा राखे।
‘हामी प्रदेश र स्थानीय निकायमा सबैभन्दा बढी छौं, कतिपय प्रदेशमा नेतृत्व कांग्रेसको हातमा छ, बाँकी ठाउँमा पनि केही दिनमै हुने छ,’ उनले भनेका छन् । उनले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने स्पष्ट पार्दै सरकारका कामकारबाहीप्रति कडा निगरानी राख्ने चेतावनी दिए ।
थापाले निर्वाचनमा पराजय बेहोरे पनि पार्टी पुनः संगठित भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे। ‘हामी हारेर पनि पुनर्जीवित हुन्छौं, अझ मजबुत भएर अगाडि बढ्छौं,’ उनले भने।
कार्यक्रममा जरा अभियानको चर्चा गर्दै सभापति थापाले कांग्रेसका साथीहरु भौतिक रुपमा उपस्थित भएर अद्यावधिक गरिने प्रष्ट पारेका छन् । उनले भनेका छन्,‘हामीले सबैले भरिदिने फारमलाई एसपटक आफैंले भर्नुपर्ने बातावरण बनाएका हौं,’ उनले भनेका छन् ।
कार्यक्रममा कांग्रेसकी उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्री रावलले चार्टर्ड एकाउन्टेन्टहरूसँग मागिन् सहकारीको बचत फिर्ताको मोडालिटीमा सुझाब
-
कोशी प्रदेश सरकार फेरबदल हुनसक्ने सभापति थापाको संकेत
-
मुस्कुराउँदै बाहिरिए मन्त्रालयबाट गृहमन्त्री
-
छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल
-
गृहमन्त्रीको राजीनामा बारे प्रचण्डको टिप्पणी- 'उहाँले दिनुभयो, राम्रो गर्नुभयो'
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।