छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल
९ बैसाख, २०८३, बुधवार
- नेकपा स्थापना दिवसको अवसरमा बुधबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले भदौ २४ गते षडयन्त्रपूर्वक विध्वंस मच्चाइएको बताएका हुन् ।
काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८२ को भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ मा षड्यन्त्र गरिएको बताएका छन् ।
नेकपा स्थापना दिवसको अवसरमा बुधबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले भदौ २४ गते षडयन्त्रपूर्वक विध्वंस मच्चाइएको बताएका हुन् ।
उनले यस विषयमा पार्टीको धारणा जनतामाझ स्थापित गर्न नसक्दा हालको परिणाम आएको बताए । उनले निर्वाचनमा सफलता हासिल गर्ने पक्षलाई बधाई दिँदै जनादेशको सम्मान गरेको उल्लेख गरे ।
उनले भने, ‘गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा षड्यन्त्र थियो र त्यही षड्यन्त्रको जगमा २४ गते विध्वंस मच्चाइयो भन्ने हाम्रो पार्टीको जे मान्यता थियो त्यो मान्यतालाई हामीले जनताकाबीच स्थापित गर्न नसक्दा नै आजको यो परिणाम बेहोरेका छौं । आज जसले सफलता हासिल गरेका छन् हामीले जनताको जनाआदेशलाई सम्मान गरेका छौं । जसले सफलता हासिल गरेका छन् उनीहरुलाई बधाई दिएका छौं । जनताका भावनालाई जनाआदेशका आधारमा काम गरुन् भनेर शुभकामना पनि दिएका छौं ।’
पोखरेलले छोटो समयमै सार्वजनिक भइरहेका घटनाक्रमहरूले आफ्नो पार्टीले व्यक्त गरेका आशंका सही साबित हुँदै गएको दाबी गरे । सुशासन कायम गर्न नसकेको आरोपबारे बोल्दै उनले एमालेका नेता तथा कार्यकर्ताको सम्पत्ति जाँच गर्न र हाल सरकारमा रहेका नेताहरूको सम्पत्तिको पनि छानबिन गर्नुपर्ने बताए ।
उनले तथ्यले एमालेका नेता–कार्यकर्ता इमान्दार रहेको देखाउने दाबी गर्दै पार्टीमाथि विभिन्न आरोप लगाएर जनतामाझ बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए । साथै, गलत सूचना र प्रविधिको दुरुपयोग मार्फत जनमत प्रभावित पारिएको कारण एमाले जनताबाट टाढिएको उनको भनाइ थियो ।
उनले भने, ‘छोटो समयमा नै दृश्यहरु जसरी नै बाहिर आउँदैछन् हामीले गरेका आशंकाहरु सही प्रमाणित हुँदैछन् । सुशासन कायम गर्न नसकेको आरोप लगाइयो, लामो समयसम्म सत्तामा रहेका हाम्रा नेताहरुका सम्पत्तिहरु जाँचबुझ गरौं । अहिले सरकारमा रहेका नेताका सम्पत्तिहरु जो सार्वजनिक भएका छन् तिनीहरुको जाँचबुझ गरौं त । सुशासनका मामिलामा नेकपा एमालेका नेता कार्यकर्ता जतिको इमान भएका नेता कार्यकर्ताहरु अरु कसैको छैन भन्ने कुरा तथ्यले बताउँछ । तर पनि आज जनताका सामू हामीलाई अनेक प्रकारले लाञ्छित गर्ने काम भैइरहेको छ। आज जनता हाम्रो विपक्षमा किन गए भन्दा यसप्रकारको गलत सूचनाका कारणले आज सूचनामा, प्रविधिमा एक प्रकारको दुरुपयोगको तरिकाका माध्यमबाट जनताको मनोबिज्ञानलाई प्रभावित गर्ने तरिकाबाट जुन दृश्टिकोण तयार गर्ने काम भयो त्यो कारणले गर्दाखेरि जनमत हामीबाट टाढिएको आवस्था छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संविधान संशोधनमा नागरिक शक्ति नेपालको १८ बुँदे ‘बोल्ड’ संशोधन प्रस्ताव
-
नेपालसँग अबको सहकार्य एआई र सूचना प्रविधिमा हुन्छ- जयशंकर
-
तीन तहका सरकारबीच समन्वय बिना प्रभावकारी कानुन बन्न सक्दैन: सभामुख डीपी अर्याल
-
नेपाली महिला क्रिकेट टिम ४० रनमा अल आउट, हङकङसँग पराजित
-
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भन्दै श्रम संस्कृति पार्टी सडकमा
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।