- राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक अनियमितताको बारेमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
काठमाण्डौ, ०९ वैशाख । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक अनियमितताको बारेमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
राखेप सदस्य कमल भट्टराई संयोजक रहेको छानबिन समितिको सदस्यमा राखेपका लेखा अधिकृत टंकनाथ कँडेल र आपूर्ति तथा भण्डार शाखाका गोपीकृष्ण निरौला छन् ।
एन्फाले पारदर्शी ढंगबाट खरिद प्रक्रिया नगरेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सो विषयमा राखेपसँग राय मागेपछि राखेपले कार्यकारी समितिको बैठक बोलाई उक्त समिति गठन गरेको हो । उक्त समितिले एक हप्ताभित्र छानबिन गरी अख्तियारलाई पठाउने जवाफको बारेमा राय तयार पार्नेछ । एन्फा अहिले राखेपको तीन महिनाको निलम्बनमा छ ।
साथै मंगलबार बसेको बैठकले निलम्बित एन्फाका पदाधिकारीहरूलाई फुटबलको अन्तर्राष्ट्रिय कार्यक्रमहरूका लागि विदेश भ्रमण गर्न पनि रोक लगाउने र यस विषयमा गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।