युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित

२०८३ वैशाख ०८ मङ्गलवार
सारांश
  • नेपालका लागि कुशल भुर्तेलले अविजित ५७ बलमा ८४ रन बनाएका थिए ।

काठमाडौँ: नेपालले युएईलाई ८ विकेटले पराजित गरेको छ ।

 

युएईले दिएको १२९ रनको लक्ष्य पछाएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

 

नेपालका लागि कुशल भुर्तेलले अविजित ५७ बलमा ८४ रन बनाएका थिए । त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २३ र कुशल मल्लले १९ रन बनाएका थिए ।

 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाउदै १२८ रन बनाएको थियो । युएईका लागि आकाशदीप नाथले अविजित ५३ रन बनाए भने मुहमद अरफानले ३२ र अडीब उस्मानीले ३० रन बनाए ।  त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने हेमन्त धामीले २ तथा नन्दन यादव र सहाब आलमले एक एक विकेट लिए ।

 

नेपालको यो जितसँगै २ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यसअघि सोमबार सम्पन्न पहिलो खेल युएईले जितेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार