नेपाल युएईसँग ६ विकेटले पराजित

२०८३ वैशाख ०८ मङ्गलवार
सारांश
  • हिजो युएईविरुद्धको २ खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको हो ।

काठमाण्डौ, ०८ वैशाख । नेपाल युएईसँग पराजित भएको छ । हिजो युएईविरुद्धको २ खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको हो ।

 

बर्षाले प्रभावित खेलमा नेपालले दिएको १० ओभरमा ७८ रनको लक्ष्य पछाएको युएईले ८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

 

यसअघि बर्षाले खेल रोकिनु अघि नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । टी-२० सिरिजको पहिलो खेला नेपालले टस जितेर पहिला ब्याटिंग गरेको थियो ।

 

नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३२ रन बनाए भने कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४, अर्जुन साउद र नन्दन यादवले १३-१३ रन बनाएका थिए ।

 

त्यस्तै युएईका बलर मुहमद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्धिकीले २ तथा हैदर अली र मुहमद अरफानले एक एक विकेट लिएका थिए ।

 

यो जितपछि २ खेलको सिरिजमा युएई १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल भोली हुने तालिका रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार