आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ : डा. शेखर कोइराला
२०८२ चैत्र २१ शनिवार
- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको बताएका छन् ।
काठमाण्डौ, २१ चैत्र । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको बताएका छन् । अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थाभित्र एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेता कोइरालाले १८ वर्षको अवधिमा संस्थाले सोचेजति प्रगति गर्न नसकेको स्वीकार गरे । उनले भने,‘संस्थाले १८ वर्षमा जति सोचेको थियो, त्यति काम गर्न सकेको छैन । अब एक–अर्कालाई दोष लगाएर बस्ने समय होइन, कसैलाई आरोप नलगाई संस्थालाई अगाडि बढाउनु पर्छ ।’
डा. कोइरालाले संस्था चल्दैन भन्नुभन्दा पनि यसलाई कसरी राम्रो बनाउने भन्नेतर्फ ध्यान दिन कार्यदललाई आग्रह गरे । ‘कसले के गर्यो वा गरेन भनेर अल्झिनु हुँदैन । अबको बाटो कसरी राम्रो बनाउने भन्ने नै हो,’ उनले थपे ।
यस्तै, अस्पतालका पूर्व अध्यक्ष डा. केदार नर्सिङ केसीले संस्थालाई विचार र राजनीतिको चश्माबाट मात्र नहेरी सामाजिक उत्तरदायित्व र मनोबलका साथ अगाडि बढाउनुपर्ने बताए । उनले भने,‘यो राजनीतिक गर्ने ठाउँ होइन, सामाजिक काम गर्ने संस्था हो । सामाजिक मनोबलका साथ काम गर्ने हो भने संस्थालाई अगाडि बढाउन सकिन्छ, आत्तिनुपर्ने अवस्था छैन ।’
डा. केसीले संस्थाका सबै सदस्यहरूलाई विगतका तिता–मिठा अनुभव बिर्सिएर संगठित हुन आग्रह गरे । संस्था सुधार्न छानबिन समितिभन्दा पनि सफा नियत आवश्यक रहेको उल्लेख गर्दै उनले तीन जना मात्रै पनि एकै ठाउँमा उभिए संस्था राम्रो हुने विश्वास व्यक्त गरे । आफू अन्य संस्थामा रहे पनि वा छाडे पनि यस अस्पतालमा सधैँ आबद्ध भइरहने प्रतिबद्धता समेत उनले जनाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।