- पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा भत्काउन शुरु गरिएको छ ।
पोखरा, २१ चैत्र । पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा भत्काउन शुरु गरिएको छ । शनिबार बिहानैदेखि फेवा तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचनामा डोजर लगाएर भत्काउन शुरु गरिएको हो ।
फेवा किनारमा रहेको पर्यटन व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खालहरू पनि भत्काइएका छन् । संरचना भत्काउन नेपाल प्रहरी, नगर प्रहरी र सशस्त्र परिचालन गरिएको छ ।
पोखरा महानगरले पनि यसअघि अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाउने गरेको थियो । पछिल्लो समय सर्वोच्चको आदेशपछि प्रदेश सरकारसँगको समन्वयमा ताल किनारमा पोल गाड्ने काम सकिएको छ । अहिले ६५ मिटरको सीमाना छुट्याउने काम चलिरहेको छ ।
बालेन शाह प्रधानमन्त्री बनेपछि पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग टेलिफोन कुराकानी गर्दै फेवा तालको अतिक्रमित संरचना बारे चासो लिएका थिए । बालेन सरकारले सार्बजनिक गरेको १०० बुँदे कार्यक्रमको बुँदा नम्बर ७६ मा फेवा किनारको अतिक्रमित संरचना हटाएर जलाधार क्षेत्रलाई व्यवस्थापन गर्ने उल्लेख रहेको छ । यसैबीच पोखरा महानगरले फेवा ताल संरक्षणको विषयमा हालसम्म भएको प्रगति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’