वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास : ५० वर्षीय इस्माइल मिया पक्राउ
२०८२ चैत्र २१ शनिवार
- वीरगन्ज महानगरपालिकामा-१ मा ११ वर्षीया बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने अधबैँसे पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगन्ज । वीरगन्ज महानगरपालिकामा-१ मा ११ वर्षीया बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने अधबैँसे पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्ने छपकैया निवासी ५० वर्षीय इस्माइल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
परिवारका अनुसार बिहान करिब ११ बजेको समयमा पीडित बालिका (परिवर्तित नामस् रिमा) पसलको पुरानो बाँकी रकम तिर्न गएकी थिइन् । सोही मौका छोपी मियाले बालिकालाई पसलभित्र लगी मोबाइलमा अश्लिल भिडियो देखाउँदै अनैतिक कार्यको प्रयास गरेका थिए । ५० वर्षका मियाले नातिनी उमेरकी बालिकामाथि गरेको यो हर्कतले स्थानीयलाई स्तब्ध बनाएको छ ।
अपराधीको हातै टोकेर भागिन् - आफूमाथि जबरजस्ती गर्न खोजेपछि ती बालिकाले अदम्य साहस प्रदर्शन गरेकी थिइन् । उनले अभियुक्त मियाको हातमा दाँतले जोडले टोकेर उसको चङ्गुलबाट उम्कन सफल भएकी थिइन् । अपराधीको पन्जाबाट उम्किएर घर पुगेकी बालिकाले रुँदै परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन् ।
घटनापछि आक्रोशित बनेका आफन्त र स्थानीय बासिन्दा पसलमा पुग्दा मिया पसल बन्द गरी फरार भइसकेका थिए । पीडित परिवारले वडा प्रहरी कार्यालय बिर्तामा लिखित निवेदन दिए लगत्तै प्रहरीले सक्रियता बढाएको थियो । लुकिछिपी बसेको अवस्थामा मियालाई छपकैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।पक्राउ परेका मियामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नवबालिकामाथि भएको यस जघन्य अपराधको प्रयासलाई लिएर वीरगन्जवासीले कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पार्टी बैठक राख्नेबारे हर्कको जवाफ– अरू पार्टीजस्तो होइन, श्रमदान नै हाम्रो बैठक हो
-
काठमाडौँमा ग्यासको चरम अभाव, महानगर प्रहरीले वितरणमा सहजीकरण गर्दै
-
सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट
-
योगेश भट्टराईको प्रश्न- मुख्यमन्त्री हटाउने नाम पार्टीभित्र किन रडाको ?
-
सुनसरी घटनाका: उपचारको क्रममा अर्को एक जना युवकको मृत्यु
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।