- आजदेखि यस बर्षको एसइइ परीक्षा शुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयले एसइइ परीक्षाको सबै तयारी पुरा भएको जानकारी दिएको छ ।
काठमाण्डौ, १९ चैत्र । आजदेखि यस बर्षको एसइइ परीक्षा शुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयले एसइइ परीक्षाको सबै तयारी पुरा भएको जानकारी दिएको छ ।
कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जसमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ अन्य रहेका छन् । जापानको एभरेस्ट स्कुलमा २३ विद्यार्थीले पनि परीक्षा दिँदैछन् ।
त्यस्तै जापानको एभरेस्ट स्कुलसहित कुल एक हजार ९६६ परीक्षा केन्द्रमा परीक्षा संचलान हुने कार्यालयले जानकारी दिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन हुने गरी व्यवस्थापन गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, विद्युतीय उपकरणलगायत प्रयोग गर्न प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।
परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो । परीक्षा सकिएको तीन दिन भित्र उत्तर पुस्तिका जाँच गरेर सक्ने गरि बोर्डले सबै केन्द्रमा सर्कुलर पठाइसकेको बताएको छ ।
नतिजा एक महिनामा सार्वजनिक गर्न मन्त्रालयको निर्देशन रहेको र त्यसका लागि परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन् ।
परीक्षा तालिका
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ भने दोस्रो दिन चैत्र २० गते अनिवार्य नेपाली, तेस्रो दिन चैत्र २२ गते अनिवार्य गणित, चैत्र २३ गते अनिवार्य विज्ञान, चैत्र २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुने भएको छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । गतबर्ष चैत्र ७ गतेदेखि भएको एसइई परीक्षा यस बर्ष १२ दिन पछि सारिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भारतीय सेनाध्यक्ष सेठबाट शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण
-
युक्रेनलाई ड्रोन दिएको भन्दै बेलायतलाई रुसको चेतावनी
-
इमरानलाई ४८ घण्टाभित्र अस्पताल भर्ना गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश
-
१५औँ महाधिवेशन बारे काँग्रेसले के के निर्णय गर्यो ?
-
नेप्से १९.३४ अंकले घट्यो, ५ अर्ब ७ करोडको कारोबार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।