तिनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८२ चैत्र १९ विहिवार
- सरकारले तिनै तहका सरकारी विज्ञापनजन्य सूचना सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन प्रशारण गर्न निर्देशन दिएको छ ।
काठमाण्डौ, १९ चैत्र । सरकारले तिनै तहका सरकारी विज्ञापनजन्य सूचना सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन प्रशारण गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन प्रशारणमा एकरुपता र पारदर्शिता ल्याउन सरकारी स्वामित्वका सञ्चारमाध्यमहरुको प्रवर्द्धन गर्न आफू तथा आफू मातहतका निकायहरुलाई सर्कुलर जारी गरेको छ ।
सार्वजनिक निकायहरुबाट सार्वजनिक खरिदलगायतका सूचनाहरु सञ्चार माध्यमहरुबाट प्रकाशन र प्रशारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह एवम् सो अन्तर्गतका निकायहरु, सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायहरुले आफ्ना सूचनाहरु गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता सरकारी एवम् सरकारी सवामित्वमा रहेका सञ्चारमाध्यममा मात्र प्रकाशन प्रशारण गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
साथै प्रकाशन र प्रशारण भएका कार्यको भुक्तानी गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै सम्बन्धित प्रकाशन तथा प्रशारण गर्ने संस्थाको कोषमा मात्र जम्मा हुने व्यवस्था गर्न र यसरी भुक्तानी गर्दा भुक्तानीको दर र छुट रकमको विषय सम्बन्धित सञ्चारमाध्यमले आधिकारिक रुपमा स्वीकृत गर्न समेत निर्देशन दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भारतीय सेनाध्यक्ष सेठबाट शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण
-
युक्रेनलाई ड्रोन दिएको भन्दै बेलायतलाई रुसको चेतावनी
-
इमरानलाई ४८ घण्टाभित्र अस्पताल भर्ना गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश
-
१५औँ महाधिवेशन बारे काँग्रेसले के के निर्णय गर्यो ?
-
नेप्से १९.३४ अंकले घट्यो, ५ अर्ब ७ करोडको कारोबार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।