वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाट हुने
२०८२ चैत्र १७ मङ्गलवार
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी स्वास्थ्य संस्थाबाट हुने भएको छ ।
काठमाण्डौ, १७ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी स्वास्थ्य संस्थाबाट हुने भएको छ ।
मन्त्रालयका अनुसार नेपाल सरकारबाट स्वीकृति प्राप्त वा सरकारकै स्वामित्वमा रहेका स्वास्थ्य संस्थाले अब वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरणका लागि प्रक्रिया शुरु गरेको हो ।
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विदेश जानुअघि कामदारले नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था छ । साथै, वैदेशिक रोजगार नियमावली, २०६४ ले सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट समेत यस्तो परीक्षण गराउन सकिने स्पष्ट गरेको छ ।
मन्त्रालयले २०८२ चैत १७ गते मन्त्रीस्तरीय निर्णयअनुसार सूचीकरण प्रक्रिया अगाडि बढाइएको र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ अनुसार आवश्यक प्रक्रिया सुरु गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
यस निर्णयसँगै मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’