साम्बाको निःशुल्क उपचार गर्न काठमाडौं मेडिकल कलेजको प्रस्ताव

२०८२ फाल्गुण १२ मङ्गलवार
सारांश
  • काठमाडौं मेडिकल कलेजले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार निःशुल्क रूपमा गरिदिने प्रस्ताव गरेको छ ।

काठमाण्डौ, १२ फाल्गुण ।  काठमाडौं मेडिकल कलेजले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार निःशुल्क रूपमा गरिदिने प्रस्ताव गरेको छ ।

 

पछिल्ला सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहेकी साम्बाले यसअघि कतारस्थित अस्पेटार अस्पतालमा शल्यक्रिया गराएकी थिइन् । हाल राखिएको ग्राफ्ट र एमसिएलमा पुनः समस्या देखिएपछि फेरि शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको छ । उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन् ।

 

यसै सन्दर्भमा काठमाडौं मेडिकल कलेजले राष्ट्रकी गहना मानिएकी साम्बा नेपालमै उपचार गर्न इच्छुक भए सम्पूर्ण उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । कलेजले आधुनिक उपकरण, दक्ष चिकित्सक र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै राष्ट्रिय खेलाडीप्रति आफ्नो सामाजिक उत्तरदायित्व र कर्तव्यबोध स्पष्ट पारेको छ ।

 

कलेजका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले साम्बाको उपचारप्रति संस्था गम्भीर, जिम्मेवार र संवेदनशील रहेको उल्लेख गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार