- यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवर्द्धन गर्ने उद्धेश्यले मनाउन थालिएको हो ।
काठमाण्डौ, ०९ फाल्गुण । आज फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवर्द्धन गर्ने उद्धेश्यले मनाउन थालिएको हो ।
यस बर्षको अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा युनेस्कोले 'बहुभाषिक शिक्षामा युवाको आवाज' भन्ने नारासहित युवाहरूलाई विश्वव्यापी संवादको केन्द्रमा राखेको जनाएको छ ।
हरेक वर्ष जस्तै आज पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको थियो ।
नेपालमा १३१ वटा भाषा बोलिन्छन् । तर ती भाषामध्ये मातृभाषाका रूपमा बोलिने भाषाहरूको संख्या, बोलिने स्थान, वक्ता र भाषिक जीवन्तताबारे सोधखोज भएको छैन । राष्ट्रिय जनगणनाले समेत भाषिक चित्र दिन नसकेको भाषाविज्ञहरूको गुनासो छ । गणनाबाट केवल जातजाति र ती भाषाका वक्ता संख्या मात्रैको आँकडा आउने गरेको छ । भाषाले सञ्चार, पहिचान र विकासका लागि दीर्घकालीन महत्व बोकेको हुन्छ । भाषाको मृत्युसँगै त्यस भाषामा अन्तर्निहित ज्ञान, संस्कार, संस्मरण सांस्कृतिक र भाषिक विविधता लोप हुन पुग्दछ । भाषिक विविधताले नवीन सोचाइ र यसले संसारलाई हेर्ने नवीन दृष्टिकोणसमेत बोकेको हुन्छ । भाषिक विविधता आफैंमा वैज्ञानिक खोज-अनुसन्धानको विषय पनि हो । पछिल्लो समय मातृभाषा लोप हुन थालेका छन् । भाषा लोप हुन नदिन पनि आज सरोकारवाला निकायहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।
दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विभिन्न सचेतनाका कार्यक्रमहरु गर्दैछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।