रास्वपा लोकतन्त्रप्रति प्रतिबद्ध छ- सभापति लामिछाने

७ फाल्गुन, २०८२, बिहिवार
सारांश
  • बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कार्यक्रममा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै सभापति लामिछानेले  लोकतन्त्रको वास्तविक शक्ति जनता नै भएको बताउदै रास्वपा लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र प्रति आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । 

 

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कार्यक्रममा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै सभापति लामिछानेले  लोकतन्त्रको वास्तविक शक्ति जनता नै भएको बताउदै रास्वपा लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रका नाममा कसैले एकाधिकार जमाउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै उनले जनता सचेत र जागरूक रहे अनावश्यक विवाद तथा अवरोध सिर्जना हुन नसक्ने बताए ।

 

लामिछानेले पार्टीको वैदेशिक नीतिका विषयमा शंका नगर्न आग्रह गर्दै लामो समयसम्म सामान्य कामसमेत पूरा हुन नसक्ने प्रवृत्तिको अन्त्य गर्ने लक्ष्यसहित रास्वपा अघि बढेको बताए । 

 

रास्वपा जनताको पहलबाट स्थापित भएको दाबी गर्दै उनले देश गलत दिशातर्फ उन्मुख हुँदा त्यसलाई सच्याउन पार्टीले जिम्मेवारी लिएको बताएका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार