काँग्रेसमा सहमतिको प्रयास: गगन र विश्वको पूर्णबहादुर खड्कासँग छलफल

२३ बैसाख, २०८३, बुधवार
सारांश
  • बुधबार बिहान खड्काको गोल्फुटारस्थित निवासमा उपसभापति विश्वप्रकाश शर्मासहित सभापति थापाले खड्कासँग पार्टीको विवादका बारेमा छलफल गरेका हुन् ।

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । 

 

बुधबार बिहान खड्काको गोल्फुटारस्थित निवासमा उपसभापति विश्वप्रकाश शर्मासहित सभापति थापाले खड्कासँग पार्टीको विवादका बारेमा छलफल गरेका हुन् ।

 

सर्वोच्च अदालतले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि देउवा समूहले छुट्टै भेला गर्दै आएको छ भने थापा नेतृत्वको काँग्रेस आगामी असोजमा महाधिवेशन गर्ने गरी अगाडी बढेको छ । आज भएको छलफल सकारात्मक भएको र दुई पक्षबीच सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी भएको बताइएको छ ।

 

यसअघि सभापति थापाले मंगलबार काँग्रेस नेता डा. शेखर कोइरालासँग पनि छलफल गरेका थिए । 

 

देउवा र कोइराला पक्षका नेताहरुले अहिले चलाइएको क्रियाशील नवीकरणको अभियानको विरोध गरेका छन् ।  उनीहरुले यसअघिकै सदस्यता कायम गरिनुपर्ने बताउदै आएका छन् ।

 

 अर्को सभापति थापाले काँग्रेसलाई पुनर्जीवन दिन सदस्यता नवीकरण आवश्यक रहेको बताउदै अभियान चलाइरहेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार