- कमल पोखरीको वरिपरि पैदल मार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, खुला व्यायामशाला, उद्यान कमलपोखरीका विशेषता हुन् ।
काठमाण्डौ, २४ माघ । कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ ।
काठमाडौँ महानगरका अनुसार कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम ३ करोड ५८ लाख ८७ हजार ५२ रुपियाँ हो । यसको लागत अनुमान ४ करोड ६ लाख ८१ हजार ८० रुपियाँ गरिएको थियो । यो रकम भ्याट र पीएससहितको हो । काम २०८१ असोज १९ गतेबाट सुरु भएको हो । गएको मंसिर १५ गते कार्य सम्पन्न हुनु पर्ने मिति थियो । अहिले यसको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ ।
कमलपोखरीको निर्माणको महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अनुगमन गर्दै सीसीटिभी क्यामरा जडान गर्न, वातावरण व्यवस्थापन विभागलाई सरसफाइ र स्वच्छता कायम गराउन, उद्यान तथा हरियाली प्रवर्धन आयोजनालाई विरुवा तथा फूल रोपेर सुन्दर बनाउन निर्देशन दिएकी छिन् ।
सो अवसरमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई र इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले ड्रइङ् डिजाइनमा उल्लेख भएका विषय र कार्यान्वयन अवस्थाको प्राविधिक पक्षका बारेमा जानकारी गराएका थिए । दोस्रो चरणको कामअन्तर्गत साविकमा प्रहरी बिट रहेको करिब ५ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । सिमाना पर्खालबाहिर टयाक्टिकल अर्वनिजमअन्तर्गत फल्चा शैलीमा परम्परागत बस बिसौनी बनाउने, पैदल यात्रीका लागि बसेर पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ बनाउने, विरुवा रोप्ने, फूल रोप्ने, सानो पार्क बनाउने काम भएको छ ।
कमलपोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । परम्परागत, सांस्कृतिक र पर्यटकीय पोखरीका रुपमा विकास गर्ने गुरुयोजना अनुरुप कमलपोखरी पुनःनिर्माण गरिएको हो । गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएको छ ।
कमल पोखरीको वरिपरि पैदल मार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, खुला व्यायामशाला, उद्यान कमलपोखरीका विशेषता हुन् ।
पोखरीका चार ओटा हरेक कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन् । पूर्वतिर मुलढोकासँगै एउटा ठुलोसहित पोखरी वरिपरि ५ वटा मण्डप छन् । पोखरी छिर्ने गेटलाई परम्परागत नेपाली शैलीको छ । पोखरी निर्माण गर्दा नेपाली इट्टा र दर्शन ढुङ्गा प्रयोग गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।