प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

२०८३ भाद्र १६ मङ्गलवार
सारांश
  • रसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।

काठमाण्डौ, १६ भाद्र । रसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।

 

प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार प्रधानमन्त्री राहत कोषका लागि सोमबार दिउँसोसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको जानकारी दिएका हुन् ।

 

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ । नेपाल राष्ट्र बैंकको सोमबारको विनिमय दरअनुसार उक्त रकम करिब ४८ करोड ६३ लाख ६२ हजार ८० रुपैयाँबराबर हुन्छ ।

 

नेपाली रुपैयाँ र अमेरिकी डलरमा प्राप्त रकम जोड्दा राहत कोषमा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार रुपैयाँभन्दा बढी जम्मा भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार