आज विश्व चिठी लेखन दिवस मनाइँदै

२०८३ भाद्र १६ मङ्गलवार
सारांश
  • सन् २००५ मा उनले ‘अष्ट्रेलियन लेजेन्ड्स’ पुस्तक प्रकाशन गरे । पुस्तक तयार पार्ने क्रममा प्राप्त चिठीको प्रभावबाट उनले चिठी लेखनका लागि छुट्टै दिवस स्थापना गर्ने अवधारणा अघि सारेका थिए ।

काठमाण्डौ, १६ भाद्र । हरेक वर्ष सेप्टेम्बर १ मा विश्व चिठी लेखन दिवस मनाइन्छ । डिजिटल सन्देश र विधुतीय पत्रको बढ्दो प्रयोगसँगै हराउँदै गएको हातले चिठी लेख्ने परम्पराको महत्व सम्झाउन यो दिवस मनाउने गरिन्छ ।

 

यस दिवसको सुरुवात सन् २०१४ मा अष्ट्रेलियाका रिचर्ड सिम्पकिनले गरेका थिए । सन् १९९० को दशकको अन्त्यतिर सिम्पकिनले आफूले अष्ट्रेलियाका प्रेरणादायी व्यक्तिका रूपमा मानेका विभिन्न व्यक्तिलाई चिठी लेखेका थिए । ती व्यक्तिहरूबाट चिठीमार्फत प्राप्त जवाफबाट प्रभावित भएपछि उनले चिठी लेखनलाई प्रोत्साहन गर्ने अभियान सुरु गरेका थिए ।

 

सन् २००५ मा उनले ‘अष्ट्रेलियन लेजेन्ड्स’ पुस्तक प्रकाशन गरे । पुस्तक तयार पार्ने क्रममा प्राप्त चिठीको प्रभावबाट उनले चिठी लेखनका लागि छुट्टै दिवस स्थापना गर्ने अवधारणा अघि सारेका थिए ।

 

विश्व चिठी लेखन दिवसले मानिसलाई सामाजिक सञ्जाल र तत्काल सन्देशबाट केही समय टाढा रहेर कलम र कागजमार्फत आफ्ना भावना तथा विचार व्यक्त गर्न प्रेरित गर्छ । यस दिन प्रियजन, साथी वा आफन्तलाई हातले चिठी लेखेर दिवस मनाउने गरिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार