नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न ७ जना पक्राउ
२०८२ माघ १९ सोमवार
- किरण सिंहले यूएस डाईभरसिटी भिसा प्रयोजनका लागि अमेरिकी दुतावास काठमाडौंमा पेश गरेको कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परिक्षा बोर्ड सानोठिमीबाट नक्कली भएको पुष्टी भए पश्चात उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाउने किरण सिंह ठकुरी समेतका व्यक्तिहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ म्याग्दे गाउँपालिका-७ घर भएका किरण सिंह ठकुरी, पर्वत फलेवास नगरपालिका-१० घर भएका ४० वर्षीय अनिल शर्मा, काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोट ककनी गाउँपालिका-१ बस्ने ४२ वर्षीय केशव फुयाल, नुवाकोट तादी गाउँपालिका-४ बस्ने ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौं महानगरपालिका-२ बस्ने ४३ वर्षीया दीपा लावती र गुल्मी धुर्कोट गाउँपालिका-२ बस्ने ५२ वर्षीय शोभाखर खनाल रहेका छन् ।
किरण सिंहले यूएस डाईभरसिटी भिसा प्रयोजनका लागि अमेरिकी दुतावास काठमाडौंमा पेश गरेको कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परिक्षा बोर्ड सानोठिमीबाट नक्कली भएको पुष्टी भए पश्चात उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाउने किरण सिंह ठकुरी समेतका व्यक्तिहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।