आज राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदै
२०८२ पुष १७ विहीवार
- नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित १३औ टोपी दिवश मनाउन लागिएको हो ।
काठमाण्डौ, १७ पुष । आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित १३औ टोपी दिवश मनाउन लागिएको हो ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।
यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बिगतका बर्षहरुमा झै यो बर्ष पनि बिशेष कार्यक्रम सहित १३औं राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउने जानकारी दिएको छ । आज बिहान ८ बजेदेखि पन्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि गर्ने प्रतिष्ठानले जनाएको छ । त्यस्तै आज दिउँसो २ बजेदेखि ५ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा देशला विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तित्वहरुलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ग्यास उद्योग सङ्घको अपिल: ग्यास अभाव अस्थायी, अनावश्यक रूपमा संकलन नगर्न आग्रह
-
सुनसरी घटनाका घाइतेको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु
-
नेप्सेमा २१.१५ अंकको गिरावट, ४ अर्ब ७ करोडको कारोबार
-
मुदन्डाको घरमा छापामार प्रकरणमा मोरङका एसपीसँग सोधियो स्पष्टीकरण
-
राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय बनाउने सहमति
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।