प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धरको निधन
२०८२ मङ्सिर २२ सोमवार
- प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सेवानिवृत्त भएका थिए ।
काठमाडौं: प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको निधन भएको छ । मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका मानन्धर राष्ट्रिय धान चामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंकको नायब महाप्रबन्धक, धान चामल निर्यात कम्पनीको महाप्रबन्धक बनेका थिए ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत, विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंकहुँदै प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सेवानिवृत्त भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’