काठमाडौँका विभिन्न स्थानबाट सुनको सिक्री चोरी, लुटपाट गर्ने पाँच जना पक्राउ

२०८२ कार्त्तिक १२ बुधवार
सारांश
  • प्रहरीले पक्राउ परेका पाँच जनालाई काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा आठ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौँ :  काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सुनको सिक्री चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

प्रहरीले पक्राउ परेका पाँच जनालाई काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा आठ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको छ । 

 

सिक्री लुटपाट र किनबेचमा संलग्नमा राज लामा, दुर्ग बहादुर मगर, दिल बहादुर बिक, बागलुङ कालिका ज्वेलर्सका सञ्चालक गोबिन्द सुनार र मनु जेम्स एण्ड ज्वलर्सका सञ्चालक दिपेस रसाईली रहेका छन् । 

 

उनीहरुसँग १० थान मोबाइल, ७० थान सिम कार्ड, ३ थान मेमोरी कार्ड, मोटरसाइकल ३ थान, नगद ३ लाख ८८ हजार ५०० सहित सुन समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार