अन्तर्राष्ट्रिय जगतमा चलचित्रकर्मी परिचयपत्रको ठूलो महत्व छ : अध्यक्ष डिसी
२०८२ असोज ३१ शुक्रवार
- शुक्रबार भएको चलचित्रकर्मी परिचयपत्र वितरण समारोहमा बोल्दै उनले आफू बोर्डमा रहनु भन्दा अगाडि स्वतन्त्र भएर काम गर्दा परिचयपत्रको ठूलो महत्व बुझेको बताए ।
काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कार्ड(परिचय पत्र) मात्र बाँड्छ भन्ने टिप्पणी यसको महत्व नबुझ्नेले मात्र गर्ने गरेको औंल्याएका छन् । उनले अन्तर्राष्ट्रिय जगतमा चलचित्रकर्मी परिचयपत्रको ठूलो महत्व रहेको बताए ।
शुक्रबार भएको चलचित्रकर्मी परिचयपत्र वितरण समारोहमा बोल्दै उनले आफू बोर्डमा रहनु भन्दा अगाडि स्वतन्त्र भएर काम गर्दा परिचयपत्रको ठूलो महत्व बुझेको बताए ।
उनले भने, ‘कार्ड मात्र बाँड्छ भन्ने केही साथीहरुले भन्नुहुन्थ्यो । तर नबुझेर भन्नु भएको हो । त्यसलाई मैंले नकरात्मकरुमा लिएको छैन । अहिले पछिल्लो एक वर्ष करिब १२÷१४ महिनादेखि बोर्डमा छु । मसँग नेपाल सरकारको लोगो अंकित एउटा कार्ड छ,’ उनले थप अगाडि भने, ‘तर स्वतन्त्र भएर जीवनको ३४ वर्ष काम गरें । त्यो बेला एउटा परिचयपत्रको ठूलो महत्व हुन्थ्यो, । सरकारको लोगो भएको कार्ड हामीसँग हुँदैनथियो । हामीसँग स्वतन्त्र संस्थाहरुको मात्र हुन्थ्यो । त्यसको अन्तर्राष्ट्रिय जगतमा मान्यता हुँदैन थियो ।’
उनका अनुसार बोर्डले २० वर्ष काम गरेकाहरुको ७५ हजार र ३० वर्षमाथिका चलचित्रकर्मीको एक लाख बराबरको बिमा हुने व्यवस्था गरिएको छ ।
साथै, उनले बीमा दाबी गर्नका लागि प्रायः ४० दिनपछि आउने गरेकाले समस्या भएको भन्दै ३५ दिनभित्र बीमा कार्यालय र ३० दिनभित्र विकास बोर्डमा आउनुपर्ने जानकारी दिए ।
यस्तै उक्त कार्यक्रममा बोल्दै सचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौलाले परिचयपत्र मात्र पाउँदा पनि वर्षौदेखि यस क्षेत्रमा रहेकाहरुले खुशीको महसुश गर्ने बताए ।
उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘म प्रमुख जिल्ला अधिकारी भएर इलाममा थिए । जतिखेर गोपाल भुटानी दाईको मृत्यु भयो । मृत्युपछि मात्र थाहा भयो उहाँलाई भुटानी राखेर नेपाली नागरिकता चाहिएको थियो । जुन कुरा म सजिलै पुर्याइदिन्थें । तर म सँग प्रस्ताव नै आइ पुगेन् । त्यस दिन मलाई साह्ै आत्मग्लानी लागेको थियो । एउटा राष्ट्रिय कलाकारले आफ्नो परिचयपत्रमा नाम लेखाउँछु भन्दा नपाई जानुपर्ने अवस्था रहयो ।’
उनले स्रोत साधनलगायत कुराहरुमा समस्या रहेको उल्लेख गर्दै चलचित्र विकास बोर्ड र नेपाल सरकार निरन्तर चलचित्र क्षेत्रको विकासका लागि काम गरिरहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ असोज २९ गते विहिबार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’