हाइटेन्सन लाइन प्रभावितहरूको विरोध, निर्माण कार्य तत्काल रोक्न माग
२०८२ असोज ३० बिहीबार
- समितिले २०८२ असोज १९ गते नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूसँग भएको छलफलमा उचित सहमति नजुटेको र प्रभावित स्थानीय नागरिकको हकहित बेवास्ता गरिएको भन्दै पुनः विरोध स्वरूप चेतावनी पत्र जारी गरेको हो ।
हेटौंडा : हाइटेन्सन लाइन पीडित संघर्ष समितिले नेपाल विद्युत प्राधिकरण र नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनालाई हेटौंडा–धल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन निर्माण कार्य तत्काल रोक्न माग गरेको छ ।
समितिले २०८२ असोज १९ गते नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूसँग भएको छलफलमा उचित सहमति नजुटेको र प्रभावित स्थानीय नागरिकको हकहित बेवास्ता गरिएको भन्दै पुनः विरोध स्वरूप चेतावनी पत्र जारी गरेको हो ।
समितिका अनुसार, प्रसारण लाइनका टावरहरू हेटौंडा–१६ को हिलेटार र आसपासका बस्ती हुँदै जाँदा स्थानीय बासिन्दाको जग्गा र बस्ती प्रभावित हुने देखिएको छ । प्रभावितहरूले उचित मुआब्जा, पुनःस्थापनाको व्यवस्था र वैकल्पिक मार्ग निर्धारण नगरी जबर्जस्ती टावर निर्माण कार्य अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् ।
संघर्ष समितिका संयोजक हरि प्रसाद बानियाँद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘स्थानीय नागरिकको सहमति विना जबर्जस्ती टावर निर्माण गर्ने कार्य गैरकानूनी र अन्यायपूर्ण भएकोले तत्काल स्थगन गरिनुपर्छ ।’
समितिले आगामी असोज २२ गते हेटौंडा–१६ स्थित सभाहलमा सर्वसाधारण र प्रभावित नागरिकको भेलाको आयोजना गरी आगामी आन्दोलनका कार्यक्रम तय गर्ने बताएको छ ।
उक्त पत्रको प्रतिलिपि मकवानपुर जिल्ला प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिकामा समेत पठाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’